
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पर्सा विन्दवासिनी गाउँपालिका २ घर भएका ४९ वर्षीय लक्ष्मण चौरसिया वरै भन्ने लक्ष्मण प्रसाद चौरसियालाई १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
चौरसिया समेत चारजनाले २०६४ वैशाख २५ गते राति पर्सा साविक बहुअर्वा गाविस ५ बस्ने ढोडा मुखिया विनको गोली प्रहार गरी हत्या गरेको घटनामा वारदातपछि फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पर्सा वीरगंज महानगरपालिका १६ बाट पक्राउ गरेको हो ।
साथै सर्वोच्च अदालतको २०६९ कात्तिक २४ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा लक्ष्मण प्रसादलाई सर्वस्व सहित जन्म कैद सजाय ठहर भएको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।