
प्रहरीले गोली प्रहार गरी एक अपराधीलाई महोत्तरीबाट नियन्त्रणमा लिएको छ ।
चोरी डकैतीलगायत अपराधका घटनामा संलग्न भइ फरारको सूचीमा रहेका सर्लाहीका ४० वर्षिय विजेन्द्र पासवानलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले नियन्त्रणमा लिने क्रममा पासवान भागेपछि घुँडामुनि गोली हानेको हो ।
गोली प्रहारबाट घाइते पासवानको जलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार पासवान लामो समयदेखि बारा, सर्लाही, महोत्तरी, सिराहा र सिन्धुलीलगायत सीमा पारी भारतमा समेत पटक–पटक डकैतीमा संलग्न भएका व्यक्ति हुन् ।