Fast Nepal News

मादक पदार्थ सेवन गरी छिमेकीको हत्या गर्ने २ जना पक्राउ

banner single news

काठमाडौं, पुष १० – झापामा छिमेकीको हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका-९ बस्‍ने पुलिस भन्ने ४२ वर्षीय पर्शुराम गौतमको हत्या गरेको अभियोगमा २ जनालाई मंगलवार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका-९ बस्ने ४७ वर्षीय बुधलाल किसान र सोही ठाउँ बस्ने भयङ्कर भन्ने २८ बर्षीय भुखन किसान रहेका छन् । पर्शुराम आफ्नै घर अगाडि पुस ३ गते बिहान मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानका लागि संघीय ईकाइ प्रहरी कार्यालय धरान सुनसरीबाट तालिम प्राप्त कुकुर, ईलाका प्रहरी कार्यालय काकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न बुधलाललाई उनकै गाउँघर र भुखनलाई मेचीनगर नगरपालिका-६ काकरभिट्टाबाट पक्राउ गरेको हो ।

Inside Article Ads

पुस २ गते बुधलाल, भुखन र पर्शुराम समेत रातीसम्म बसी मादक पदार्थ सेवन गरेकोमा उनीहरु बीचको विवादमा कुटपिट हुँदा पर्शुरामको मृत्यु भएको अनुसन्धानबाट खुल्न आएको छ ।साथै घटना हुँदा प्रयोग भएका विभिन्न कपडा र २ थान फलामको पातलो रिम समेत प्रहरीले बरामद गरेको छ । उनीहरु उपर जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.