Fast Nepal News

४४ वर्षपछि एक हत्या आरोपी पक्राउ

banner single news

सिरहा प्रहरीले हत्या गरेको ४४ वर्षपछि एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लहान नगरपालिका १८ बरैरबोना बस्ने ७० वर्षीय ईस्लाम मिया धुनिया रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा गोप्य सूचनाको आधारमा प्रहरीचौकी लहानबाट खटिएको प्रहरी टोलीले मियालाई पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिएका छन्।

२०३६ साल कार्तिक ९ गतेका दिन लहान २४ बस्ने खट्टर चौधरीको हत्या गरेको भन्दै जिल्ला अदालत, सिरहाले २०४२ साल पुस १० गते ज्यान मारेको कसुर मुद्दामा १० वर्ष कैद तोकेको थियो।
मियालाई अदालतबाट सजाय तोकिएकोमा फरार रहेका थिए।

Inside Article Ads

मियालाई पक्राउ गरी सिरहा जिल्ला अदालतमा पेस गरी अदालतको आदेशअनुसार कैद भुक्तानको लागि सिरहा कारागारमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

Visited 24 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.