
१ भदौ,काठमाडौँ-ललिता निवास जग्गा प्रकरणमा आरोप लागेका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई सर्वोच्च अदालतले बयान नलिने भएको छ।


जग्गा घोटाला प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई सत्ता गठबन्धनको शक्तिको आडमा अनुसन्धानबाटै उन्मुक्ति दिने तयारी भएको छ ।
सत्ता गठबन्धनको बैठकमा समेत राजनीतिक पृष्ठभूमिका व्यक्तिमाथि मुद्दा नचलाउने विषयमा छलफल भएपछि उनीहरूसँग बयानसमेत नलिई प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको छ ।
