
सुमित्रा भुजेल
३१ श्रावण,लमजुङ- लमजुङ जिल्ला प्रहरी कार्यालय लमजुङमा ४७ वटा घरेलु हिंसा सम्बन्धि निवेदन परेका छन् । आर्थिक वर्ष २०७९/८० सम्ममा यतिका निवेदन परेको कार्यालयले जनाएको छ।
निवेदन परेकामध्ये ३८ वटा मिलापत्र भईसकेको छ , यसैगरी ७ वटा अदालती प्रकृयामा गएको छ । यसैगरी १ वटा सम्पर्कमा न आएको जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक जगदिश रेग्मीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ८४ वटा घरेलु हिंसा सम्बन्धि निवदेन परेका थिए । यसमध्ये ७४ मिलापत्र भइएको ८ वटा अदालती प्रकृयामा गएको र १० वटाको काम भईरहेको छ ।
आर्थिक बर्ष २०७७/७८ मा कार्यालयमा घरेलु हिंसा सम्बन्धि ९२ वटा निवदेन परेका थिए । यसमध्ये ६० मिलापत्र भइएको २४ वटा अदालती प्रकृयामा गएको र ८ वटाको काम भईरहेको उहाँले बताउनुभयो ।
यसैगरी आर्थिक बर्ष २०७६/७७ मा कार्यालयमा घरेलु हिंसा सम्बन्धि ६१ वटा निवदेन परेका थिए । यसमध्ये ४५ मिलापत्र भइएको ६ वटा अदालती प्रकृयामा गएको र १० वटाको काम भईरहेको छ । ७५/७६ मा घरेलु हिंसा सम्बन्धि १२ वटा निवेदन परेको थियो । सो निवेदनमध्ये ९ वटा मिलापत्र भएको र ३ वटाको काम भईरहेको छ । भने ७४/७५ मा सवैभन्दा धेरै ७९ वटा निवेदन परेको थियो । यसमा ४५ वटा मिलापत्र भएइको छ । १२ वटा आदलती प्रकृयामा गएको र २२ वटा काम भईरहेको कार्यलयले जनाएको छ ।
