Fast Nepal News

सर्वेन्द्रको साहसिक कदम जसले देशद्रोहीको मुकुण्डो बाहिरियो

banner single news
१२ असार,काठमाडौं–ललितानिवास प्रकरण नेपालको सबैभन्दा ठुलो भ्रष्टाचार प्रकरण मध्य एक हो । यसमा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई, माधवकुमार नेपाल , पुर्व मन्त्री, अख्तियारका पुर्व प्रमुख आयुक्त देखि उच्चपदस्थ कर्मचारीहरु मुछिएका छन् ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पालमा बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा १ सय १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेतृत्वमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईवीले अनुसन्धान सकेर गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनको कार्यान्यवन शुरु भएको छ ।
ललिता निवासको ११२ रोपनी जग्गा गैरकानुनीरुपमा व्यक्तिको नाममा दर्ता गर्ने प्रकरणमा मुछिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ सहित मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणि केसी आज पक्राउ परेका छन्।
ब्यूरोले अनुसन्धान सकेर तत्कालीन प्रहरी महानिरीक्षक खनालले गृहमन्त्रालयमा बुझाएको प्रतिबेदनमा १ सय बढीलाई मुद्दा चलाउन राय दिएका थिए ।सर्वेन्द्र खनाल अवकाश भएपछि ललिता निवास प्रकरणको छानविन प्रतिबेदन थन्क्याएर राखिएको थियो । प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएपछि सार्वजनिक मंचहरुमा खनालले ललितानिवास प्रकरण छानबिन रोकिएको प्रती आक्रोश पोखेका थिए, उक्त प्रकरण छानबिनको लागि जोडदार माग गरेका थिए ।
युवा नेता रवि किरण हमालले प्रहरी हेर्डक्वाटरमा ललितानिवास प्रकरणमा भएको छानबिन प्रतिवेदन माग गरेका थिए जसले पनि प्रहरी माथि दबाब सिर्जना भयो ।प्रहरी अनुसन्धान  व्यूरोले ललिता निवास जग्गा अनियमितताका बारेमा फेरि अनुसन्धान सुरु गरेको छ ।
प्रहरीले हिम्मत गरेर राजनैतिक दबाब र प्रभावमा नपरे यो प्रकरणमा उच्च राजनैतिक तहदेखि उच्च प्रसासकहरु गरी एक सय भन्दा बढीलाई मुद्धा चल्ने निश्चित छ ।ललितानिवास प्रकरणमा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपालको समेत नाम मुछिएको थियो , आफू माथी कार्वाही हुने डरले बाबुराम भट्टराईले सामाजिक संजालमा पुर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल माथी विभिन्न आरोप लगाएका थिए ।
Inside Article Ads
Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.