Fast Nepal News

डेढ महिनापछि १५ वर्षीया बालिका बलात्कार आरोपमा दुईजना पक्राउ

banner single news

२२ चैत,,काठमाडौँ-महाराजगन्जकी १५ वर्षीया सविना शर्मा (परिवर्तित नाम) फेसबुकमार्फत आशीष तामाङ नामको आइडी चलाउने निमा तामाङसँग नजिकिइन् । तामाङका मीठामीठा गफमा फकिएकी सविना अन्ततः उनैबाट सामूहिक बलात्कारको सिकार बनिन् ।

गत ६ फागुनमा टोखा  नगरपालिका– ६ धापासीस्थित ग्रान्डी अस्पतालनजिकैको गेस्ट हाउसमा सविनामाथि सामूहिक बलात्कार भएको हो । घटनामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका– ३ का २१ वर्षीय निमासहित काभ्रे महाभारत गाउँपालिका– ७ का २१ वर्षीय कुशल श्रेष्ठ सहभागी थिए । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी टोलीले घटना भएको झन्डै डेढ महिनापछि पक्राउ गरेको छ ।

अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले बालिका सामूहिक बलात्कारमा परेको र घटनामा संलग्न दुई अभियुक्त पक्राउ परेको बताए । ‘बालिका सामूहिक बलात्कारमा परेको सूचना आएपछि प्रहरीले घटनाको अनुसन्धान गर्दै जाँदा दुई अभियुक्त पक्राउ परेका छन् । उनीहरूले बालिकालाई झुक्याएर गेस्ट हाउसमा बोलाई बलात्कार गरेको देखिन्छ,’ उनले भने ।

Inside Article Ads

प्रहरीका अनुसार निमाले बालिकालाई गेस्ट हाउसमा चिया खाने बहानामा भेट्न बोलाएका थिए । बालिका केहीबेर मात्रै भेट गर्ने उद्देश्यले पुगेकी थिइन् । निमाले बालिकालाई झुक्याएर गेस्ट हाउसको रुममा लगे । सुरुमा आफूले बलात्कार गरे, अनि कुशललाई बोलाएर बलात्कार गर्न लगाए । घटनालगत्तै दुवैजना फरार भए । प्रहरीले उनीहरूलाई गत २० चैतमा धापासीबाट पक्राउ गरेको थियो ।

समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ।

Visited 42 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.