Fast Nepal News

बालाजु प्रकरण: आगजानी र लुटपाट गर्ने थप २९जना प्रकाउ

ल्होत्से मलमा रहेको मोबाइल पसलमा लुटपाटमा संलग्न थप २९ जनालाई प्रहरीले प्रकाउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिनुभयो।

banner single news

सुजन बिसि/समाचार लेखक

 ५ फागुन, काठमाडौँकाठमाडौंको नयाँ बसपार्कमा भएको यातायात मजदुरको आन्दोलन उग्र बन्दा भएको तोडफोड, प्रहरीको भ्यानमा आगजनी र ल्होत्से मलमा रहेको मोबाइल पसलमा लुटपाटमा संलग्न थप २९ जनालाई प्रहरीले प्रकाउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिनुभयो। उनीहरू माथि ल्होत्से मलमा रहेको एसिडिसी मोबाइल प्रा.लि ,डाइमन्ड मोबाइल प्रा.लि,र एउटा सुपरमार्केटमा लुटपाट गरेको आरोप छ।

 

उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। गत सोमबार यातायात मजदुर संगठनहरुले बालाजु, नयाँ बसपार्क लगायत स्थानमा आन्दोलन गर्दा र उक्त आन्दोलनले उग्र रुप लिँदा प्रहरी बृत्त बालाजुका डिएसपी चढ्ने बा२झ१४४नम्बरको गाडी र बा१झ७२२४नम्बरको गाडीमा आगजनी भएको थियो। 
Inside Article Ads
Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.