Fast Nepal News

सुन्दरी प्रतियोगिताका मनोज पाण्डे भनिएका मनोज कुमार जैसी पक्राउ

सुन्दरी प्रतियोगिताका मनोज कुमार जैसीलाई काठमाडौ जिल्ला अदालतले दोषी ठहर गरि ६ महिना कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ।

banner single news

धना परियार/न्युज नेपाल एचडी संवाददाता

११ माघ, काठमाडौँ-मानव बेचबिखन र ओसारपसार र बाल यौन दुराचारमा सगंलन रहेको भन्दै सुन्दरी प्रतियोगिताका मनोज पाण्डे भनिएका मनोज कुमार जैसी पक्राउ परेका छन्। काठमाडौ जिल्ला अदालतले उक्त ब्यक्तिलाई दोषी ठहर गरि ६ महिना कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ।

ऊनी विरुद्ध मानव बेचबिखनको अभियोगमा २३ माघमा निर्धारण गर्ने गरि पेशी तोकिएको हो। सरकारी वकिल कार्यलयले गत १ असारमा १८ वर्षमुनिकी एक किशोरीमाथि आठ वर्षअघि बलात्कार गरेको दाबी सहित मुद्दा दर्ता गरेको थियो। पाण्डे विरुद्ध मानव बेचबिखन र ओसारपसारको मुद्दा पनि दर्ता भएको थियो।

Inside Article Ads

अहिले भने अभियुक्त भनिएका पाण्डे पुर्पक्षका लागि कारागारमा रहेका छन्। सौन्दर्य प्रतियोगितामा भाग लिएकी १६ वर्षीय एक किशोरीलाई पाण्डेले केही वर्ष अघि होटलमा बोलाई बलात्कार गरेको उजुरी दिएकी छिन्। पाण्डे आफु मात्रै नभई अरुलाई बोलाएर समेत बलात्कार गरेको भन्दै उनले सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गरेकी थिइन्। त्यसपछि प्रहरीले पाण्डेलाई जेठ ७ मा पक्राउ गरेको थियो। अभियुक्त पाण्डेले ति किशोरीलाई बलात्कार मात्रै गरेन्न त्यसको भिडियोसमेत बनाएर पटक – पटक जबर्जस्ती करणी गरेको अभियोग लागेको प्रहरी स्रोतले जनाएको छ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.