काठमाडौं, कात्तिक २० – बलात्कार गरेको आरोपमा तुलसीपुरका एक युवक विरुद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको छ ।
एक नाबालिकालाई बलात्कार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–१७ दुधरास निबासी १९ बर्षका उमेश केसी विरुद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको पीडितले जानकारी दिएका छन् । बालिकाको स्वास्थ्य जाँच समेत गरिएको छ । बालिका मंगलबार दिउँसो ३ बजे बलात्कृत भएको पडितले बताएका छन् ।