Fast Nepal News

किक्रेटर सन्दिप लामिछानेलाई थप चार दिन हिरासतमा राख्ने गौशाला प्रहरी वृत्तको भनाई

banner single news
०२ कार्तिक, काठमाडौँ -नाबालिका बलात्कार प्रकरणको आरोप लागेर प्रहरीले त्रिभुवन विमानस्थलमा पक्राउ गरेका किक्रेटर सन्दिप लामिछाने अहिले पनि हिरासतमा रहेका छन्।
असोज २० गते पक्राउ गरेसँगै क्रिकेटरबाट निलम्बित भएको उनलाई असोज २४ गते घटनाको अनुसन्धान गर्न ७ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको थियो। यसैगरी असोज २७ गते ५ दिन हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
घटनाको अनुसन्धान नसकिएको भन्दै उनलाई थप हिरासतमा राख्न बुधबार अदालतसँग प्रहरी वृत्त गौशालाले अनुमति माग गरेसँगै अदालतले लामिछानेलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो। यसैगरी जिल्ला प्रहरी परिसर काठमाडौ‌ंका एसपी दिनेशराज मैनालीले घटनाको अनुसन्धान गर्न बाँकी रहेको हुनाले ४ दिनको समय अनुसन्धानको लागि थप गर्न अनुमति मागेको बताउँदै अदालतले अनुमति दिएको जानकारी दिनुभयो।
Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.