Fast Nepal News

माल्टा पठाइदिन्छु भन्दै ४८ लाख ९८ हजार ठगी गरेको अभियोगमा पक्राउ

banner single news

काठमाडौँ, आश्विन २२ – माल्टा पठाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी नगद ४८ लाख ९८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा सुनसरी बराहक्षेत्र नगरपालिका-९ प्रकाशपुर बस्ने ३२ वर्षीय सुरज राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

उक्त नगद ठगी गरी फरार भएका उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा सुनसरीबाट उनलाई पक्राउ गरेको हो।

Inside Article Ads

उनलाई आवश्यक कारवाहीका लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.