Fast Nepal News

संखुवासभा घटना : सनकका भरमा भतिजले मच्चाएको हत्याकाण्ड

शुक्रबार राति करिव २ बजे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अधिकृतसामू उनले कार्की परिवारका ६ जनाको आफैंले हत्या गरेको साबिती बयान दिए

banner single news

भदौ, काठमाडौं । प्रहरी अनुसन्धानका अनुसार,संखुवासभाको मादी नगरपालिका–१ मा एकै परिवारको ६ जना व्यक्तिको हत्या भयो भनेर जसले छरछिमेकलाई खबर गरेका थिए, तिनै व्यक्ति सामूहिक हत्यामा संलग्न रहेको पाइएको छ ।

प्रहरी कार्यालयले आइतबार संखुवासभामा आरोपित लोकबहादुर कार्की लाइ सार्वजनिक गरेका छन्, जसले ५२ वर्षीय तेजबहादुर कार्कीको शव देखेको भन्दै गाउँलेलाई खबर गरेका थिए ।
अनुसन्धानमा संलग्न अधिकृतका अनुसार, कार्की परिवारले झापामा ८० लाख रुपैयाँमा जग्गा किन्ने तयारी गरेको सार्वजनिक भएपछि सुरुवातमा चोरीको उद्देश्यले घटना भएको हुनसक्ने अनुमान गरिएको थियो । तर घरमा नगद र गरगहना सुरक्षित भेटिएपछि अनुसन्धान रिसिइबीतिर मोडिएको थियो ।

प्रहरीले बिटीएस टावरका आधारमा घटनास्थल वरपर सक्रिय मोबाइल र कल डिटेल रेकर्ड (सीडीआर) विश्लेषण गरिरहेको थियो । स्थानीयवासीसँग पनि प्रहरीले बयान लिइरहेको थियो । प्राविधिक विश्लेषणमा गाउँमा केही नयाँ व्यक्ति आएको पाइए पनि घटनामा संलग्न हुनसक्ने आधार देखिएन ।

‘चोरी, डकैतीको थ्यौरी रुल आउट भइसकेको थियो, बाहिरबाट मान्छे आएको पनि देखिएन’ एक अनुसन्धान अधिकृत भन्छन्, ‘घटना बिहान ५ देखि ६ बजेको बीचमा भएको खुलेपछि राति नै आएर फर्किन पनि सम्भव देखिएन ।’

अनुसन्धान अधिकृतहरुको अनुभवमा संगठित गिरोह संलग्न नभएको सामूहिक हत्याका घटनाहरुमा मानसिक समस्या भएका व्यक्तिहरु संलग्न हुने गरेको विगतको अनुभव छ । बैदेशिक रोजगारीमा गएका लोकबहादुर पनि विरामी भएर फर्किएका थिए र औषधि खाइरहेका थिए ।

मृतक तेजबहादुरको शव देखेको भनेर गाउँलेलाई खबर गरेका उनी बयान पनि फेरिरहे । त्यसैले प्रहरीले अनुसन्धानलाई उनीमाथि बढी केन्द्रित गर्‍यो ।

प्रहरीका अनुसार उनलाई आशंका गर्नुपर्ने अर्को कारण हो, शव भएकै बाटो जानु ।

Inside Article Ads

प्रहरीका अनुसार लोकबहादुर र मृतक तेजबहादुरको घर २०० मिटरको दूरिमा छ । बौद्धमान जतिबेला परिवारका सदस्यहरु खोज्दै उनको घरमा आए, लोकबहादुर मात्र थिए । उनका बुबा र भाइ घाँस काट्न गएका थिए ।बौद्धमानले परिवारका सदस्यहरु नभएको र श्रीमती पार्वती विरामी भएको बताएर फर्किए । त्यसको झण्डै एक घण्टापछि लोकबहादुर घरबाट निस्किए । प्रहरीका अनुसार बौद्धमानको घरसम्म जाने तीन वटा बाटो थियो । तर उनले खासै प्रयोग नहुने बाटो गए र बडाउको शव देखेको भन्दै खबर गरे ।

अनुसन्धान अधिकृतका अनुसार‘पहिरोले बाटो कमसल भएकाले खासै प्रयोग हुँदैन्थ्यो’ ‘हजुरआमा विरामी भनेर हिँडेको भतिजो दायाँबायाँ नगरी खुरुखुरु हिँड्नुपर्ने हो । तर बाटोबाट तल भएको शव देखेको भनेर खबर गरे ।’ जबकि, तलतिर रहेको शव बाटोबाट देखिँदैन्थ्यो ।

बाटोबाट तल भएको शव कसरी देखेको भन्ने प्रश्नमा फरकफरक बयान दिए । अनुसन्धान अधिकृतहरुका अनुसार यस्तै एकपछि अर्को आधारले उनको संलनता संकेत गर्दै गयो । सोधपुछका क्रममा उनी झर्किन्थे, आत्तिएजस्तो गर्थे । अनुसन्धान अधिकृत भन्छन्, ‘सामान्य प्रश्न सोध्दा मलाई मात्र किन सोध्नु हुन्छ ? मैले नै गरेजस्तो गर्नुहुन्छ भन्न थाले ।’

उनको घरमा जाँदा रगत लागे जस्तो देखिने कपडा बरामद भयो, त्यसले उनीमाथिको शंकालाई झनै बढायो । ‘कपडा बरामद हुनुले पनि अनुसन्धनमा सघायो,’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘सबै तथ्यलाई राखेर सोधपुछ गर्दा उनले आफ्नो संलग्नता लुकाउन सकेनन् ।’

त्यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र प्रदेश १ को रिजनल इन्भेस्टिगेटिभ टिम (आरआईटी) को टोलीले तीन दिनसम्म पटकपटक लिएको बयानका क्रममा उनले संलग्नता अस्वीकार गरेका थिए ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.