Fast Nepal News

धनुषामा ससुरा-बुहारीको हत्या

banner single news

धनुषा — ८ भाद्र २०७८

धनुषा, धनुषाको ललियामा बुहारी र ससुराको हत्या भएको छ । मिथिला विहारी-४ ललियाका २० वर्षीया अमेरिका मण्डल र ५० वर्षीय रामवृक्ष मण्डलको हत्या भएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले बताए । घटनाबारे जानकारी आएपछि प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतको नेतृत्वमा टोली खटाइएको उनले जनाए ।

बुबा र पत्नीको हत्या गरेको आशंकामा प्रहरीले भागेश्वर मण्डललाई नियन्त्रणमा लिएको छ । रानाभाटका अनुसार मण्डलले हत्या गरेर शव गाडेको स्विकारिसकेका छन् । घटनास्थलमा रगत देखिएको र गाडेको स्थानबाट शव निकाल्ने तयारी भइरहेको उनले बताए ।घटनास्थलमा प्रहरी चौकी ललिया, इलाका प्रहरी कार्यालय धनुषाधाम र जिल्ला प्रहरी कार्यालय धनुषाको टोली पुगेर अनुसन्धान गरिरहेको छ ।

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.