Fast Nepal News

पुजारी हत्याका योजनाकार धरौटीमा छुटे

banner single news

रौतहट — २९ श्रावण २०७८

रौतहट, यहाँको माधवनारायण–२ खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको हत्याको योजनाकार भनिएका देवाही गोनाही–१ का वडाध्यक्ष शेख नरुल्लाहलाई जिल्ला अदालत गौरले २ लाख रुपैयाँ धरौटीमा छाडेको छ । गत भदौ ३ गते राति करिब पौने ९ बजे मन्दिर परिसरमै खाना खान लागेका पूजारी साहको गोली हानी हत्या भएको थियो ।

घटनाको डेढ सातापछि प्रहरीले हत्यामा संलग्न देवाही गोनाही–१ करुनियाका ३६ वर्षीय राम नरेश राउत पटेल र २८ वर्षीय बालकुमार पटेललाई पक्राउ गरेको थियो । उनीहरूले हत्या गरेको स्विकारेका थिए ।पटेलद्वयले बयानमा हत्याको मुख्य योजनाकार वडाध्यक्ष नुरुल्लाहको नाम किटान गरेका थिए । उनीहरूले नुरुल्लाहले नै बन्दुक र गोलीसमेत मगाएको बयान दिएका थिए । अनुसन्धानबाट नुरुल्लाहसहित मस्ताज देवान, रामप्रवेश राउत कुर्मी, मोहम्मद कासिम र राजेन्द्र राउत कुर्मीको पनि संलग्नता खुलेको थियो ।

Inside Article Ads
(कान्तिपुर दैनिक)
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.