Fast Nepal News

एक होटलमा युवतीको मृत्यु

banner single news

नवलपरासी – २४ श्रावण  २०७८

नवलपरासी, नवलपरासी  जिल्लाको त्रिवेणीधाममा रहेको एक होटलमा युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरीका डिएसपी दिलीप गिरीकाअनुसार त्रिवेणीधाममा रहेको होटल शाही प्यालेसमा बास बसेकी १८ वर्षीया साइना अन्सारीको मृत्यु भएको हो ।

पश्चिम नवलपरासी रामग्राम नगरपालिका १२ का एक युवकसँग शुक्रबार राति बास बस्नआएकी अन्सारीको पेट दुखेपछि राति नै चौपत्तास्थित सामुदायिक अस्पतालमा लगिएको थियो । अस्पताल पुग्ना साथ अन्सारीको अत्यधिक रक्तश्रावले भएपछि मृत्यु भएको अस्पतालले जनाएको छ । युवतीसँगै होटलमा गएका परासीका अजय राजभर अस्पतालबाटै फरार भएका छन् । युवतीलाई राजभरले नै अस्पताल लगेका थिए । युवतीको मृत्युलाई प्रहरीले शंकास्पद भनेको छ ।

Inside Article Ads

दुवै एकै गाउँका रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । फरार युवकका बाबु र छिमेकी प्रहरीको सम्पर्कमा छन् । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी गिरीले बताए ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.