Fast Nepal News

सशस्त्र प्रहरी जवान मृत फेला

banner single news

धनगढी — २० श्रावण  २०७८

धनगढी, कैलालीमा एक सशस्त्र प्रहरी जवान मृत अवस्थामा भेटिएका छन् । सशस्त्र प्रहरी बल ३४ नम्बर हेडक्वार्टरमा कार्यरत ३१ वर्षीय हरीशकुमार शाहीको कार्यालय परिसरमै शव भेटिएको हो ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१ कार्यालय परिसरमा जमेको पानीमा घोप्टो परेको अवस्थामा बुधबार बिहान साढे ५ बजे शाहीको शव फेला परेको थियो ।

शाहीको स्थायी घर डडेल्धुरा, भागेश्वर गाउँपालिका–१ हो ।‘घटनाबारे अनुसन्धान भइरहेको छ,’ डीएसपी प्रतीक बिष्टले भने । उनका अनुसार शव पोस्टमार्टमका लागि सेती अस्पताल पठाइएको छ ।

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.