
काठमाडौं । बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष वामदेव गौतमले मुख्य नेतालाई सम्मानजनक व्यवहार नगरे कार्यकर्ता पंक्ति भड्किने बताए ।नेकपा एमालेका उपाध्यक्ष गौतमले मुख्य नेतालाई अपमान गरेर पार्टी एकता नहुने बताएका हुन् ।
एमालेको एकता सार्थक निष्कर्षमा पुर्याउनुपर्ने उनले बताए । ‘हिजो केन्द्रीय कमिटी निर्वाचन हुँदा माधव कमरेडसँग जम्मा नौ जना कम थिए, अहिले पनि अवस्था उस्तै छ,’ उनले भने । वार्ता कमिटी बनाएपछि बीचैमा छाड्न नहुने गौतमको भनाइ थियो ।
‘सार्थक निष्कर्षमा पुर्याउनुपर्छ । अन्यथा हामी सबै समाप्त हुन्छौं,’ गौतमले भने । पार्टी एकता पार्टीको पक्षमा र व्यक्तिगत रुपमा अध्यक्ष ओलीको पक्षमा भएको पनि उनले बताए ।
