Fast Nepal News

निषेधाज्ञा एक साताका लागि लम्बियो

banner single news

प्रकाश कपाली। काठमाडौ कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै बैशाख १६ गतेदेखि उपत्यकामा पूर्णरूपमा निषेधाज्ञा जारी गरेको थियो। कोरोना महामारीका कारण केहि समयको लागि जारी गरेको निषेधाज्ञा लम्बिएको थियो।केही समय लम्बिएको निषेधाज्ञा असार १ गते सकिनै लाग्दा उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा थप जारी गर्ने निर्णय गरेको छ। नेपाल सरकार गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जनजीवन सहज बनाउने गरी निषेधाज्ञाको प्रावधानलाई लाई परिमार्जित गर्ने बताउनुभएको छ। यसैगरी आज प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञाका केही प्रावधानलाई परिमार्जन गर्ने निष्कर्षमा पुगेको छ। जनताको स्वास्थ्य अधिकारको रक्षा गर्नका लागि र निषेधाज्ञाका केही प्राबधानहरु परिमार्जन गर्ने उद्देश्यले आज उपत्यकाका तीन जिल्ला प्रशासन प्रमुख को संयुक्त बैठकमा निषेधाज्ञा एक साताका लागि लम्बिने भएको हो ।

Inside Article Ads
Visited 71 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.