
प्रकाश कपाली। विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण आम सर्वसाधारणहरुको जीवन घरयासी काम र सामाजिक सञ्जालमा नै अस्तव्यस्त भएको छ। विश्व महामारीका रुपमा फैलिएको यस भाइरसले मानिस आफू संक्रमित हुन्छकि डर र त्रासको बाबजुद पनि वैकल्पिक माध्यमबाट आफ्ना दैनिक कार्यहरु सञ्चालन गरिरहेका छन्। नेपाल पनि कोरोना भाइरसको यस महामारीबाट अछूतो भने रहन सकेन। विशेषगरी उपत्यकाका काठमाडौँ, भक्तपुर, ललितपुर आदिजस्ता जिल्लाहरूमा कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेको थियो। तर केही समययता कोराना संक्रमणको जोखिम रहेपनि अहिले कोरोना संक्रमणको जोखिम घट्दै गएपछि आज उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले असार १ गतेदेखि लकडाउनको मोडालिटी परिवर्तन गर्ने सन्दर्भमा आज तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठक बसिरहेको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्ने सन्दर्भमा निर्णय गरी लकडाउनलाई केही रुपमा खुकुलो बनाउने विषयमा समेत छलफल गर्दैछ। उपत्यकाका जिल्लाहरूमा कोरोना संक्रमण घटेको छ। नेपाल सरकार स्वास्थ्य मन्त्रालयको अनुसार काठमाडौंमा सक्रिय संक्रमितको संख्या ९,२२९ रहेको छ भने निको हुने व्यक्तिको सङ्ख्या १८,४४०३ र मृत्यु हुनेको संख्या १,७६३ जम्मा संक्रमितको संख्या १९,८३९५ रहेको छ। यसैगरी नेपाल सरकार स्वास्थ्य मन्त्रालयको अनुसार भक्तपुर जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या २,७१० रहेको छ भने निको हुने व्यक्तिको सङ्ख्या १८,३५४ र मृत्यु हुने व्यक्तिको सङ्ख्या ३५० गरी जम्मा संक्रमितको संख्या २१,४१४ रहेको छ। यसैगरी ललितपुर जिल्लामा कर्ण संक्रमितको संख्या ३,७४४ र निको हुने व्यक्तिको सङ्ख्या ३१,६९० र मृत्यु हुनेको संख्या ५०७ गरी जम्मा संक्रमितको संख्या ३५,९४१ रहेको छ। कोरोना संक्रमित घटेसँगै स्वास्थका मापदण्ड अपनाउदै सबैलाई अतिआवश्यक काममा बाहेक बाहिर ननिस्कन आग्रह गर्दै उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुले लकडाउनको मोडालिटी परिवर्तन गर्ने सन्दर्भमा बैठक बस्दै आम नागरिकको जनजीवन सहज तुल्याउने उद्देश्यले केहीमात्रामा लकडाउन खुकुलो गर्ने सन्दर्भमा निर्णय हुनेछ।
