Fast Nepal News

मघ्यपहाडि लाेकमार्गमा बिरुवा राेपेर वातावरण दिवस मनाईयाे

नेपालमा नै पहिलो नमुनाको रुपमा मध्यपहाडि लोकमार्गका दायाँ बायाँ हरियालीका साथै आम्दानी हुने फलफुल रोपण कार्यक्रम स्थानिय उपभोक्ताको सहकार्यमा कार्य आरम्भ भएको थियो ।

banner single news
>विश्व वातावरण दिवस २०७८ जेठ २२/ जुन ५ २०२१ “ नयाँ सोच र सृजना , प्राकृतिक प्रणालीको पुनर्स्थापना “ भन्ने नाराका साथ मध्यपहाडि लोक मार्गको दायाँ बायाँ हरियाली र आय आर्जन सहितका लागि फलफुल रोपण अभियानको आरम्भ गर्दै एभोकाडो को विरुवा रोपी शुभारम्भ गरि मनाइयो


लमजुङ । हिमालयन एग्रो टुरिजम कम्पनी र सर्बोदय सेवास्रम लमजुंगले यो अभियानको अवधारणा तयार गरि राइनास नगरपालीका संगको सहकार्यमा यसको डि पि आर ( सर्भे रिपोर्ट ) तयार गरेको थियो ।
यसै रिपोर्टको आधारमा नेपालमा नै पहिलो नमुनाको रुपमा मध्यपहाडि लोकमार्गका दायाँ बायाँ हरियालीका साथै आम्दानी हुने फलफुल रोपण कार्यक्रम स्थानिय उपभोक्ताको सहकार्यमा कार्य आरम्भ भएको थियो ।त्यस कार्यक्रमको आज विश्व वातावरण दिवसको दिन फलफुल विरुवा रोपी शुभारम्भ गरियो । राइनास नगरपालिका प्रमुख सिंह बहादुर थापा उप प्रमुख धनकुमारी गुरुंग, वडा नं ८ का वडा अध्यक्ष कृष्णप्रसाद लामिछाने , कार्यपालिका सदस्य विष्णुमाया धिताल , सर्बोदय सेवास्रमका अध्यक्ष कृष्णराज ओलिया , हिमालयन एग्रो टुरिजम कम्पनि का चन्द्रमान स्रेष्ठ, सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लगायतको सहभागिता थियो ।मध्यपहाडि लोकमार्ग कालोपत्र भए संगै सडकको दायाँ बायाँ फलफुलको विरुवा रोपि हरियाली र आयआर्जन गर्ने गरि निजि , सामुदायिक र सरकारी ( पब्लिक प्राईभेट पार्टनरसिप ) अबधारणा अनुरूप काम गर्ने सहमती बनाई काम अगाडि बढेको छ । यो अबधारणा अनुसार मध्यपहाडि लोकमार्गको पुर्व देखि पश्चिम सम्म फलफुल बिकास अबधारणा झल्काउने गरि यो सडक दायाँ बायाँ फलफुल रोपण अबधारणा ल्याइएको हो । हिमालयन एग्रो टुरिजम कम्पनीका प्रोजेक्ट मेनेजर बाग़वानी विज्ञ चन्द्रमान श्रेष्ठ र सर्बोदय सेवास्रमका अध्यक्ष सामाजिक अभियन्ता कृष्णराज ओलियले यो अबधारणा तयार गरि प्रस्तुत गर्नु भएको हो ।

Visited 23 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.