Fast Nepal News

विवेकशील साझा का संस्थापक उज्ज्वल थापाको निधन

सधैंका लागि अस्ताए युवानेता उज्ज्वल थापा

banner single news

वहाँ प्रती हार्दिक श्रद्धाञ्जली

डायमण्ड जाेशी/ प्रकास कपाली
काठमाण्डौ। विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको आज भएको निधनले सिङ्गो पार्टीपंक्ति स्तब्ध भएको छ।

दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा साँझ ४:२५ बजे निधन भएको हो।

विवेकशील साझा पार्टी केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले पूर्व संयोजक थापाको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

Inside Article Ads

बैठकले थापाको स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्य तिथिमा हाम्रा प्रत्येक सदस्य र शुभचिन्तकहरूलाई कम्तीमा एउटा वृक्षारोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पङ्क्ति र सदस्यहरूलाई आह्वान गरेको छ। साथै, यही बिचमा पार्टीमा “उज्वल थापाको जीवन र विचार” विषयमा छलफल र बहस चलाउने छ।

नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको छ। खास गरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकार लगायतका मुद्दामा दलहरूले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमको लागि राज्यलाई दबाब दिने विधि स्थापित गर्न उहाँको अहम् भूमिका छ।

थापाले अङ्गाल्नु भएको सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई विवेकशील साझा पार्टी अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडी बढ्ने विवेकशील साझा पार्टी नेपाल का अध्यक्ष रबिन्द्र मिश्र को भनाई छ।

यो विषम् पीडाको क्षणमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै थापाको उपचारका क्रममा उहाँको स्वास्थ्य लाभ कामना गर्दै स्वदेश तथा विदेशबाट प्राप्त स्नेह, सद्भाव र सहयोगका लागि विवेकशील साझा पार्टीले सम्पुर्ण मा आभार व्यक्त गरेको छ। बैकल्पिक राजनीतिको निरन्तर वकालत गर्दै आएका नेता थापाले अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका थिए। समाजिक अभियन्ता हुँदै लुटतन्त्रको विरुद्धमा लागिरहेका नेता विवेकशील पार्टी को लोकप्रिय राजनैतिक नेताका रुपमा आफूलाई समाजमा स्थापित गराउन सफल भए। ४४ वर्षका युवा नेता उज्ज्वल थापाको निधनले देशले एक सबल युवा नेता गुमाएको छ। देश र जनताको लागि निरन्तर समर्पित भएर लागेका युवा नेता मरेर गएपनि उनले देश र जनताप्रति निस्वार्थ भावले गरेको राजनैतिक यात्रामा निर्वाह गरेको महत्वपूर्ण भूमिकाको नेपाली जनताले कदर गर्नेछन्।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.