Fast Nepal News

प्रवासी युवाकाे पहलमा सहाेदर अस्पतालमा अक्सिजन प्लान्ट सन्चालन हुने

राइनास नगरपालिका, दूधपोखरी गाउँपालिका, गोरखाको सिरानचोक गाउँ पालिका , पालुङटार नगरपालिका र तनहुँकाे भानु नगरपालिका साथै अन्य लमजुङ तनहुँ र गाेरखा काे केही भागका नागरिकलाई सहज हुने

banner single news

लमजुङ । राइनास नगरपालिका ७ धमिलिकुवा गरम्बेंसीमा रहेको सहोदर सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन गर्न देशविदेशमा रहेका युवाले पहल थालेका छन् ।
कोरोना संक्रमितको संख्या बढ्दै गएको र अस्पतालमा संक्रमित राख्नुपर्ने अवस्था आउन सक्ने भएकाले अक्सिजन प्लान्टका लागि पहल थालिएको प्रवासी संघ राइनास तथा प्रवासी विकास सस्थाका अध्यक्ष राईनास नगरपालिका ७ का महेन्द्र चौलागाइँले वताउनु भयाे । उहाँका अनुसार उक्त सामुदायिक अस्पतालमा आउने कोरोना संक्रमितलाई मध्यनजर गर्दै अक्सिजन प्लान्टका लागि पहल भइरहेको छ ।

राइनास क्षेत्र घर घई विदेशमा रहेका युवा अभियानमा लागेको उहाँले बताउनुभयो । अभियानका लागि पूर्ण पोखरीया (हाल कतार) संयोजक रहेको समिति गठन गरिएको छ । यस्तै, समितिको उप–संयोजकमा हरि चिलुवाल (हाल कतार), सदस्यमा महेन्द्र चौलागाइँ (हाल साउदी), देवकी पराजुली (नेपाल), हरि भुजेल (हाल अमेरिका) रहेका छन्

। यस्तै, देवेन्द्र पराजुलीको संयोजकत्वमा सल्लाहकार समिति पनि बनाइएको छ । सल्लाहकारमा सहोदर अस्पतालका अस्पतालका सञ्चालक डा. शिवराम श्रीमल, रमेश चिलुवाल, दिनेश चिलुवाल, देव भुजेल रहेका छन् । अभियान अन्तर्गत विभिन्न देशमा रहेका स्थानीयसंग सहयोग संकलन गरिने भएको छ । अभियानको सन्दर्भमा भर्चुअल बैठक पनि गरिएको उहाँले बताउनुभयो । बैठकमा राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापा, वडाअध्यक्ष माधव पराजुली, देवेन्द्र पराजुली, तुलसीनारायण श्रेष्ठ लगायतको उपस्थिति थियो । उक्त क्षेत्रका गन्यमान्यले यो अभियान सफल बनाउन आफुहरुले सक्दो सहयोग गर्ने बताएका थिए ।
वडाध्यक्ष माधव पराजुलीका अनुसार सहोदर सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि विदेशमा रहेका युवाले पहल गरिरहेका छन् ।

Inside Article Ads

प्रवासमा रहेकाहरुले करिव ४० लाख सहयोग संकलन गर्ने लक्ष्य लिएको जानकारी आएको उहाँले बताउनुभयो । अस्पतालमा अक्सिजन प्लान्ट जडानपछि कोरोना संक्रमितको उपचारमा सहज हुने वडाध्यक्ष पराजुलीले बताउनुभयो । उक्त अस्पतालबाट राइनास नगरपालिका, दूधपोखरी गाउँपालिका, गोरखाको सिरानचोक गाउँ पालिका , पालुङटार नगरपालिका र तनहुँकाे भानु नगरपालिका साथै अन्य लमजुङ तनहुँ र गाेरखा काे केही भागका नागरिकलाई सहज हुने अभियानता महेन्द्र चौलागाईं ले बताउनुभयो

Visited 21 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.