Fast Nepal News

कम्युनिष्टबाट मुक्ति नै देशको मुक्ति हो- पुर्बमन्त्री शंकर भण्डारी,केन्द्रीय सदस्य नेपाली कांग्रेस

banner single news

 

मुलुक कोभिड–१९ ले आक्रान्त छ।यहि बेला राजनीति इतिहासकै बेथिति,अराजकता र अन्यौलतातर्फ धकेलिएको भन्दै नेपाली कांग्रेसका नेता एब पुर्ब मन्त्री
शंकर भण्डारीले कम्युनिष्टहरुले मुलुकलाई र जनतालाई हिंसाको दुश्चक्र फसाएको आरोप लगाएका छ्न।
नागरिकहरु कोरोना महामारीबाट बच्ने आधारभूत स्वास्थ्य सुविधा नपाएर छटपटाउँदै मृत्युवरण गर्न बाध्यछन् । आर्थिक गतिविधि ठप्प हुँदा गरिबका घरमा चुल्हो बलेको छैन । तर विडम्बना जनताको सेवामा अहोरात्र खटनु पर्ने सरकारले प्रहसन गरेको गाइजात्राको आलोचना गर्ने शब्दावली नै शब्दकोषमा छैन । मुलुकको राजनीति इतिहासकै बेथिति, अराजकता र अन्यौलतातर्फ धकेलिएको छ ।
पुर्ब मन्त्री भन्डारीले आफ्नो फेसबुक वालमा कम्युनिस्ट प्रती इङ्गित गर्दै लेखेका छ्न। जनताले कम्युनिष्टलाई करिब दुई तिहाइ मतले जिताए। तर देश र जनताप्रति कहिल्यै इमान्दार नहुने कम्युनिष्टहरुले आफ्नो वास्तविक चरित्र देखाएरै छाडे । दमन, शोषण, हत्या, हिंसा, भ्रष्टाचार, छलकपट र अराजकता कम्युनिष्टको जन्मजात चरित्र हो भन्ने कुरा छर्लङ्ग भएको छ । केन्द्रको केपी ओलीको सरकार र प्रदेशमा रहेका कम्युनिष्ट सरकारले देखाएका अवैधानिक, अराजनीतिक र अनैतिक गतिविधिले विश्व समुदाय चकित परेको उल्लेख गरेका छ्न।
जति छिटो कांग्रेसले कम्युष्टिलाई बोक्न छाड्छ र हिजो गरेका गलत निर्णयहरु सच्याउने साहस गर्छ त्यति नै छिटो मुलुकले निकास पाउनेमा नेता भन्डारी बिश्वास्त रहेको समेत खुलासा गरेका छ्न।उनले आफ्नो भनाई थप्दै नेपाली कांग्रेसकै भूमिकाले कम्युनिष्ट जस्तो अराजक शक्तिको विकास मुलुकमा भएको हो।कम्युनिष्टसँगको सहकार्य र सहयात्रालाई चटक्कै छाडेर आफ्नो सिद्धान्त, निष्ठा र आदर्श बमोजिम अगाडि बढ्नु आवश्यक रहेको तर्क राखेका छ्न।

Inside Article Ads
Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.