Fast Nepal News

स्वस्थ शरीर, मस्तिष्क र आत्माको लागि योग तथा साधना

banner single news

डिएन घिसिङ

योग शब्दको सामान्य अर्थ एकाग्रता हो। योग यस्तो कृया हो जसले मानसिक स्थितीलाई सुदृढ तुल्याउन र सकारात्मक सोचलाई घनिभुत पार्न भुमिका खेलेको हुन्छ भने मनमा उठने अन्तद्वन्द मथ्थर पार्न सघाउ पुर्याउँछ । त्यसै पनि आजको व्यस्त दैनिक जीवनमा योग क्रियाकलाप निकै उपयोगी मानिन्छ ।

योगले खेलका क्रममा खेलाडीको प्रदर्शन स्तरमा निखारता र अब्बलता झल्काउन मद्धत गर्दछ।तसर्थ खेल प्रदर्शनीमा सुधार ल्याउने एक प्रभावकारी माध्यम पनि हो, योग । हुनत योगलाई अध्यात्मको रूपमा व्याख्या गरिएको छ । यस मानेमा सिमितबाट असिमित तर्फको आध्यात्मिक यात्रा हो, योग ।
शारीरिक क्रियाकलाप अधिक हुने खेलमा भने मानसिक अभ्यासको रूपमा योगलाई प्रयोगमा ल्याईने गरिएको पाईन्छ । योग अभ्यासले मनलाई शान्त र धैर्यशील बनाउन आत्मप्रेरित गर्दछ । खेलाडीहरूले मनको एकाग्रताका लागि ध्यान साधनाका उपायहरु लागु गरेको पनि भेटिन्छ । जसरी शारीरिक सन्तुलनमा मस्तिष्कको भुमिका महत्वपूर्ण छ, त्यस्तै, मस्तिष्कमा संतुलन ल्याउन योगा अर्थात एकाग्रता महत्वपूर्ण रहेको हुन्छ । सफलताका लागी खेलाडीहरु अहोरात्र रुपमा शारीरिक एवम् मानसिक परिश्रम गरिराखेका हुन्छन । शारीरिक र मानसिक तालमेल नहुँदा सफलताबाट विमुख हुने अवस्था आउन सक्ने हुनाले योगालाई उर्जाको रुपमा समेत हेर्ने गरिन्छ ।

शारीरिक अभ्यासका रूपमा जबसम्म योगलाई आत्मसात् गरिँदैन अरू कुनै उपायले त्यो सन्तुष्टि दिनै सक्दैन । योग त्यस्तो माध्यम हो, जसले शरीर र आत्मालाई एकाकार गर्दछ र मानिसलाई स्वस्थकर व्यावहारिक अनुभूति दिलाउँछ ।

स्वास्थ्य वैज्ञानिकहरूका अनुसार रोग लाग्नुको कारणमध्ये शरीरमा ‘फ्रि रेडिकल’ बढ्नु पनि एक हो । फ्रि रेडिकलले हाम्रो कोषिका तथा डीएनएलाई विकृत गर्छ । फ्रि रेडिकल बढ्ने कारणमध्ये अत्याधिक थकानयुक्त कसरत (जिम, एरोबिक, दौड आदि) पनि एउटा हो । योगको अभ्यासपछि भने शरीरमा हल्कापन आउँछ र फ्रि रेडिकल बढ्न पाउँदैन । अन्य अभ्यास तथा कसरतले शरीरको बाहिरी भाग र मांशपेसीलाई मात्र धेरै प्रभाव पार्छ भने योगले सम्पूर्ण अंग–प्रत्यङ्ग तथा कोषलाई समेत प्राणवान् र स्वस्थ बनाउँछ । योग अभ्यासले मन र ईन्द्रियलाई नियन्त्रण गर्न सहयोग पुर्याउँछ । मन तथा इन्द्रियलाई नियन्त्रण गर्ने योग वाहेक अन्य कुनै प्रक्रिया पनि छैन ।

मानिसहरूलाई उनीहरूको सीमाहरू बढाउन योगले मद्दत गर्दछ । खेलबाट रिटायरमेन्टपछि डिप्रेसनको सम्भावना कम गर्न खेलाडीहरूलाई मद्दत पुर्याउन सक्ने निम्न तरिकाहरू छनः

(क) स्पोर्टिंग भूमिकाको साथ विशेष पहिचानलाई कम गर्नु र आत्म पहिचानलाई अन्य व्यवसायहरूमा विस्तार गर्नु ।

Inside Article Ads

(ख) खेलभन्दा बाहिरका अन्य गतिविधिहरूको लागि रुचिहरू र प्रतिस्पर्धाहरू पत्ता लगाउनु ।

(ग) तनाव व्यवस्थापन र समय प्रबन्धन कौशल प्राप्त मद्दत गर्ने कार्यमा व्यस्त हुनु ।

(घ) कोच, परिवार, साथीहरू र व्यवस्थापकहरूसँग कडा सम्बन्धहरू प्रोत्साहित गर्नु, जसबाट अन्य कार्यमा समेत अनुकूलता सृजना गर्छ ।

(ङ) थप अवसरहरू र अनुकूलन प्रविधिहरू अन्वेषण गर्न मद्दतको लागि खेल मनोवैज्ञानिकसँग परामर्श लिनु ।

स्वस्थ शरीर, मस्तिष्क र आत्माको लागि योग तथा साधना एकदमै फाइदाजनक हुन्छ । तर, योगा गर्दा केही सावधानी अपनाउनु नै पर्छ । योगा गर्दा केहि नियम अनिवार्य पालना गर्नुपर्छ । उक्त नियम पालना नगर्दा योगाबाट फाईदा मात्र होईन यसले समस्या समेत ननिम्त्याउला भन्न सकिन्न । यद्यपी योगको पनि साईड इफेक्ट छ । कतिपय अवस्थामा योग गर्नु घातक हुनसक्छ । त्यसैले योग गर्नेलाई यसको विधि, समय लगायतका बारेमा ज्ञान हुनुपर्छ ।

प्राकृतिक सिद्धान्त अनुसार खेलाडीहरू मानसिक रूपमा कठोर हुन्न्छन् । प्रायः सार्वजनिक रूपमा उनीहरू फिट, स्वस्थ र खुशी देखिने गर्दछन् । त्यसकारण निकट परिवार, साथीहरू, टीमका साथीहरू र प्रशिक्षकहरूले खेलाडीहरको मनस्थिती बारे बुझ्न निकै आवश्यक रहन्छ । उनीहरुमा डिप्रेसन भए नभएको सहजै किटान गर्न वा भेउ पाउन पनि मुश्किल रहन्छ । खेलाडीले लाज र अप्ठ्यारोको डरले पिडा देखाउन खोज्दैनन् । तसर्थ, सकृय खेल जीवनबाट निस्कृय हुँदै गर्दाको अवस्थामा पनि योगले एकाग्रता कायम गर्न र सकारात्मकता तर्फ उन्मुख गराउदै स्वस्थकर जीवन जीउन प्रेरित गर्दछ ।

Visited 31 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.