Fast Nepal News

सुनको मूल्य घट्यो

banner single news

काठमाडौं, जेठ ७ – नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९३ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा चार सयले घटेको हो । बिहिबार सुनको मूल्य तोलामा चार सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रहेको छ ।

Inside Article Ads
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १३५० रहेको महासंघले जनाएको छ ।  
Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.