
काठमाडौँ, वैशाख २४
काठमाडौँ, बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक वैठक कोरोना संक्रमण नियन्त्रण र रोगथामकै विषयमा बढी केन्द्रित भएको बताइएको छ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बिहीबारको मन्त्रिपरिषद् बैठकमा कोरोना संक्रमणका सवालले मात्रै प्रवेश पाएको बताए । उनका अनुसार उक्त वैठकमा कोरोना भाइरस र यसको महामारीका बारेमा गम्भिर छलफलमा समस्या पहिचान तथा अहिलेको विषम परिस्थितको समिक्षा र यसबाट नेपाली जनतालाई जोगाउन अगाडिको स्वास्थ्य रणनीतिबारे वृहत छलफल भई कार्ययोजना निर्माण गर्ने काम अगाडी बढाइएको छ ।
यसबाहेका हिजोको मन्त्री परिषद्को बैठकमा राजनीतिसम्बन्धी कुनै निर्णय नभएको मन्त्री ज्ञवालीको भनाई छ ।
उनले भने,‘ खासगरी अक्सिजनको सहज उपलब्धताका निम्ति अक्सिजन प्लान्ट जडान गर्ने कामले निरन्तता पाएको छ । अब अक्सिजन कसैले पनि ‘होल्ड’ गर्न नपओस् भन्नेमा सरकार सचेत रहेको छ।’
स्रोतका अनुसार आज शुक्रबार पनि मन्त्री परिषद्को वैैठक बस्दै छ।
