Fast Nepal News

सानिमा बैंकद्वारा अन्तरीक्ष प्रतिष्ठानका टोलीलाई छात्रवृत्तिस्वरुप पाँच लाख रुपैयाँ प्रदान

banner single news

काठमाडौं, वैशाख २१

काठमाडौं,  सानिमा बैंकले अन्तरीक्ष प्रतिष्ठान नेपाललाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । नेपालका विद्यार्थीहरुबाट नेपालमै निर्मित पहिलो स्याटेलाइट ‘नेपालीस्याट–२’ अन्तरीक्षमा प्रक्षेपण गर्ने उद्देश्यका साथ अन्तरीक्ष प्रतिष्ठान नेपालले सरकारी (नेपाल विज्ञान तथाप्रविधि प्रज्ञा प्रतिष्ठान) र गैरसरकारी संस्थासँगको सहकार्यमा नेपालका विद्यालय र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सो सम्बन्धी तालिम तथा ज्ञान उपलब्ध गराउँदै आइरहेको छ ।

सो टोलीलाई नेपालको पहिलो अन्तरीक्ष ‘नेपालीस्याट–१’ को निर्माण तथा प्रक्षेपण टोलीका प्रोजेक्ट म्यानेजर डा. आभास मास्केले ‘ड्रिम प्रोजेक्ट’को रुपमा नेतृत्व गर्दै आएका छन् । कक्षा १० देखि १२ सम्म सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सन् २०२३ सम्म ‘नेपालीस्याट–२ विद्यालय’नामक स्याटेलाइट निमार्णका लागि एउटा टीम निर्माण गर्ने छन् ।

जसअन्तर्गत बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘नेपालस्याट–२’ मा संलग्न दुई जनालाई अन्तरीक्ष निर्माण तथा प्रक्षेपणका विषयमा तालिम र प्रशिक्षणका लागि सहयोग स्वरुप छात्रवृत्तिको प्रदान गरेको छ ।

Inside Article Ads

देशभित्र विज्ञान तथा प्रविधिको अनवेषण तथा विकासका लागि सहयोगस्वरुप अन्तरीक्ष प्रतिष्ठान नेपालका संस्थापक डा. आभास मास्केलाई सो रकम उपलब्ध गराइएको छ । अन्तरीक्ष प्रतिष्ठान नेपालले सन् २०५० सम्म नेपालको तर्फबाट अन्तरीक्षमा मानव प्रक्षेपण गर्ने लक्ष्य लिएको संस्थापक डा. मास्केले बताए ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले काठमाडौं उपत्यकाबाहिरका विपन्न तथा योग्य विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । सानिमा बैंकको देशभर ८६ वटा शाखाहरु, १७ वटा विस्तारित काउन्टर र ९६ वटा एटीएम रहेका छन् ।

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.