
प्रकाश कपाली। काठमाडौ कोरोना संक्रमण र मृत्युदर अहिलेसम्मकै उच्च भएपछि उपत्यकाका तीन जिल्लामा दोस्रो हप्तादेखि निषेधाज्ञा कडाई गरिने भएको छ । आम सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गर्दै उपत्यकाका काठमाडौ ,भक्तपुर ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठकले कोरोना संक्रमणको दर उच्च भएकाले कोरोना नियन्त्रण गर्न र यसको जोखिमलाई कम गर्न निषेधाज्ञा कडा गर्ने निर्णय गरेको हो। निषेधाज्ञाको दोस्रो सातादेखि अत्यावश्यक वस्तुहरु बिक्रीवितरण गर्ने पसल बिहान ९ बजेसम्म मात्र खुल्ने काठमाडौं जिल्ला प्रशासन कार्यालय जनाएको छ। यसैगरी उपत्यका छाडी जाने नागरिकको हकमा कुन जिल्लामा जाने हो सो जिल्ला अन्तर्गत रहेका स्थानीय तहले १० दिन क्वारेन्टाइन मा राख्ने निर्णय गरेमा मात्र सम्बन्धित जिल्लामा यात्रा गर्ने व्यक्तिले उपत्यका छोड्न पाउने जिल्ला प्रशासन कार्यालयले बताएको छ। फुटपाट, ठेलागाडा, कवाडी सामान बिक्रीवितरण जस्ता कार्यमा कडाइ गरिने काठमाडौं जिल्ला प्रशासन कार्यालय जनाएको छ। सार्वजनिक संस्था र सरकारी कार्यालयहरुमा एक चौथाइ कर्मचारी राखी कार्यालयका कामहरु सम्पन्न गर्न दिने काठमाडौं जिल्ला प्रशासन कार्यालयलको प्रमुख कालीप्रसाद पराजुलीले बताउनुभयो। पत्रकार र सञ्चारकर्मीलाई अनिवार्य सूचना सूचना विभागको काड चाहिने पराजुलीले बताउनुभयो। विकासका कार्यहरु सञ्चालन हुने र सामाजिक दूरी कायम गर्दै विकास कार्यहरु सञ्चालन गर्ने पनि पराजुलीले बताउनुभयो। कोरोना संक्रमणको दर दिनप्रतिदिन उच्च हुँदै गएको हुनाले सबै स्वास्थ्यप्रति सचेत हुनुपर्ने विषयमा ध्यान दिनु जरुरी छ।
