
काठमाडौं – बैशाख ८
काठमाडौं, मंगलबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा खरिद विक्रि भैरहेको छ ।
तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । हिजो तेजाबी सुन ९० हजार २ सय रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मुल्य १० रुपैयाँले बढेर आज प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोवार भैरहेको महासंघले जनाएको छ ।
