Fast Nepal News

प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य

banner single news

काठमाडौं, वैशाख ६ 

काठमाडौं, प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिउँदे अधिवेशन अन्त्य गर्नुभएको हो ।बिहान बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्य गर्ने सिफारिस निर्णय गरेको हो । भोलिका लागि बैठक बोलाइएकै अवस्थामा सरकारले बैठक स्थगितको सिफारिस गर्ने निर्णय गरेको हो।जेठ १५ गते बजेट ल्याउने र त्यसअघि नै सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने भएकाले हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो।

Inside Article Ads

सरकारको हिउँदे अधिवेशन फागुन २३ देखि सुरु भएको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ । संसदको हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा चिनिन्छ ।तर सरकार र संसदको टकरावका कारण एउटा पनि विधेयक पेस नभइ अधिवेशन अन्त्य गरिएको छ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.