Fast Nepal News

कम्युनिष्ट पार्टीहरुबीच फेरि एकता गर्छौंः पुन

banner single news

ओखलढुंगा – चैत २२

ओखलढुंगा, माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले नेपालका सबै कम्युनिष्ट पार्टीबीच एकता हुने बताएका छन् ।ओखलढुंगामा शनिबार पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता पुनले सबै धारा र प्रवृत्तिका कम्युनिष्ट शक्तिलाई एकताबद्ध गरिने बताए ।

आफूहरुले समाजवाद कार्यान्वयन गर्ने सही नियतका साथ एमालेसँग एकता गरेको भए पनि केपी ओलीले स्वार्थको रणनीतिका रुपमा प्रयोग गरेकाले एकता दिगो नभएको पुनको भनाइ थियो ।‘केपी ओलीले समाजवादका लागि, कम्युनिष्ट आन्दोलन बलियो बनाउनका लागि नभई प्रधानमन्त्री पदमा पुग्ने स्वार्थले एकता गर्नुभएको रहेछ भन्ने घटानक्रमहरुले पुष्टि गरेको छ’, पुनले भने ‘ढिलो चाँडो फेरि कम्युनिष्ट पार्टीहरु एकतामा जानुपर्छ । कम्युनिष्ट पार्टीको एकता आवश्यक छ ।’ पुनले तर, अब एकता गर्दा विचार र प्रवृत्तिगत रुपमा माओवादी पार्टी र आन्दोलन हाबी हुने गरी गरिने स्पष्ट पारे ।

Inside Article Ads

उनले माओवादीले सबै धारका कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध गर्न एकताको झण्डा उठाउने जानकारी दिए । ‘एकता हिजो पनि जरुरी थियो, आज पनि जरुरी र आवश्यक छ, फेरि पनि एकताको बाटोबाट अगाडि जानुपर्छ’, उनले भने ‘माओवादी केन्द्रले फेरि ध्रुवीकरणको प्रयास गर्छ, एकताले प्रयास गर्छ । हामी एकताको झण्डा उठाउँछौं ।’ यद्यपि तत्कालै एकताको सम्भावना भने नरहेको उनको भनाइ छ । राजधानी दैनिकबाट

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.