Fast Nepal News

तंग्रिदै होमस्टे

banner single news

पोखरा – चैत १६

पोखरा, कोरोना भाइरस संक्रमण त्रासले गरिएको लकडाउनसँगै अघिल्लो चैतदेखि देशभरका होमस्टे ठप्प भए। पाहुना राख्न नपाउँदा होमस्टेले आम्दानी गुमाउन पुगे। आन्तरिक पाहुनालाई सत्कार गरेर कमाइ गरेका होमस्टे लकडाउनसँगै सुनसान बने। तर संक्रमण कम हुँदै गएपछि मंसिरदेखि होमस्टेले पाहुना राख्न थाले।

कोरोना त्रासले झन्डै नौ महिनासम्म सुनसान बनेका होमस्टे यतिबेला पाहुना पाउँदा तंग्रिने प्रयासमा छन्। त्यसको उदाहरण हो, लम्जुङको घलेगाउँ होमस्टे। यो होमस्टेले मंसिरदेखि पाहुना स्वागत गर्न थालेको छ। पाहुना आउन थालेसँगै स्थानीयले आम्दानी पनि गर्न पाएका छन्। पर्यटन व्यवस्थापन समिति घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार गाउँका ४० घरमा होमस्टे सेवा छ। ‘यतिबेला आन्तरिक पाहुना आउन थालेका छन्।

Inside Article Ads

कोरोनाका कारण झन्डै नौ महिना पाहुना राख्ने अवस्था रहेन,’ घलेले भने, ‘मंसिरदेखि होमस्टेमा पाहुना आउन थालेका छन्। अहिले आगमन राम्रै छ।’ उनका अनुसार ४० घरमा तीन सय ५० जनासम्म पाहुना अट्छन्। शुक्रबार र शनिबार घलेगाउँको होमस्टेमा आन्तरिक पाहुनाको भिडभाड नै हुन्छ। ‘सबै आन्तरिक पाहुना हुन्। कोरोना त्रासले लामो समय घरबाहिर निस्कन नपाएका मानिस अहिले घलेगाउँसम्म आएका छन्,’ उनले भने, ‘यसले गाउँलेलाई आम्दानी दिएको छ।’

घलेगाउँका बासिन्दाका लागि ५/६ महिना घरखर्च धान्ने कमाइ होमस्टले यो अवधिमा दिलाएको आजको नागरिक दैनिकमा खवर छ ।

Visited 44 times, 2 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.