Fast Nepal News

एमालेमा वार्ताको ढोका उघ्रियो

banner single news

काठमाडौं – चैत ३

काठमाडौं, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का शीर्ष नेताहरू पार्टीभित्र देखिएको विवाद र समस्यालाई वार्ता र संवादमार्फत समाधान गर्न सहमत भएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयपछि सोमबार प्रत्यक्ष छलफल भएको छ । उनीहरूको छलफलले वार्ता र संवादको ढोका खुलेकाले छिट्टै सहमति हुने विश्वास नेताले गरेका छन् ।

यद्यपि सोमबारको छलफलमा दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहँदा सहमति भने जुट्न सकेन । अध्यक्ष र वरिष्ठ नेताका साथ वार्तामा खटिएका नेताले भने वार्ता सकारात्मक भएको बताएका छन् ।

Inside Article Ads

एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको करिब २ घण्टा लामो छलफलमा एमालेको एकता जोगाउने विषयमा छलफल भएको थियो । एकता जोगाएर अघि बढ्न सबै पक्ष सहमत भएका हुन् ।

छलफलमा प्रधानमन्त्री ओलीले मिलेर अघि बढ्न नेपाल समूहका नेतासँग आग्रह गरे पनि नेपाल समूहले गत २८ फागुनमा अध्यक्ष ओलीले गरेको एकपक्षीय निर्णय खारेज हुनुपर्ने सर्त अघि सारेपछि सहमति जुट्न नसकेको आजको राजधानी दैनिकमा खवर छ ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.