
सुमित्रा भुजेल
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी चैत २ गते हुन लागेको ‘एन्फा प्रेसिडेन्ट कपमा उच्च मनोबलका साथ खेल प्रदर्शन गर्नलाई आग्रह गर्नुभयो । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै लमजुङस्थित त्रिवेणी क्लवले सो खेलको लागि सहभागिता जनाउनका त्रिवेणी क्लबले आयोजना गरेको ‘एन्फा प्रेसिडेन्ट कप–२०७७’ को पत्रकार सम्मेलन तथा खेलाडीहरुलाई शुभकामना तथा विदाई कार्यक्रममा आज उक्त कुरा बताउनुभएको हो ।

मुख्यमन्त्री गुरुङ खेलाडीहरुलाई विजयीको शुभकामना दिनुहँुदै लक्ष्य भनेको सधैँ ठुलो लिनुपर्ने र सो लक्ष्यमा पुग्न नसकेपनि निराश बने बन्न नहुने बताउनुभयो । त्रिवेणी क्लवले प्रदेशकै प्रतिनिधित्व गरेर सो प्रतियोगितामा भाग लिन लागेकाले यो लमजुङ र प्रदेशकै गौरवको कुरा रहेकाले सबैले सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री गुरुङले जोड दिनुभयो । उहाँले सो खेलको लागि पैसाको कारण खेलाडीको मनोवल घट्दै हार्ने स्थिति नबनाउनलाई उहाँले आग्रह गर्नुभएको छ । प्रतियोगितामा सहभागि हुन २९ लाख १० हजारको बजेट खर्च अनुमानित गरेको क्लबले सहयोग रकम संकलन गरिरहेकोप्रति इंगित गर्दै मुख्यमन्त्री गुरुङले ढुक्कसाथ अघि बढन आग्रह गर्दै खेलाडीहरुलाई आर्थिक अभाव हुन नदिने भन्दै गण्डकी प्रदेश सरकारले खेलाडीको भत्ता स्वरुप १५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । क्लबले कूल खर्च मध्ये खेलाडीको पारिश्रमिक स्वरुप १५ बजेट प्रस्ताव गरेको छ । कार्यक्रममा मुख्यमन्त्री गुरुङले त्रिवेणी क्लवको जर्सि सार्वजनिक गर्दै खेलाडीहरुलाई प्रदान गर्नुभएको थियो । मुख्यमन्त्री गुरुङले क्लवका टिम क्याप्टेन सोमराज गुरुङ र सहायक कोच इन्द्र रानालाई जर्सि प्रदान गर्नु भएको थियो । क्लबले मुख्यन्त्री गुरुङलाई मायाको चिनो स्वरुप ट्याक दिएको थियो ।
क्लवले गत वर्षको माघ महिनामा पोखरमा सम्पन्न मुख्यमन्त्री कपको उपाधी जितेसँगै प्रदेशकै नेतृत्व गर्दै यस वर्ष उक्त प्रतियोगितामा सहभागिता जनाउन लागेको पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष सिजन श्रेष्ठले बताउनुभयो । ए–डिभिजन क्लवको खेल खेल्न पाउने उदेश्यसहित गण्डकी प्रदेशबाट उक्त प्रतियोगितामा माग लिन लागेको त्रिवेणी क्लवका पदाधिकारी तथा खेलाडीहरुलाई शनिबार एक कार्यक्रमकाबीच विदाई गरिएको छ । ‘एन्फा प्रेसिडेन्ट कपको चौथो सम्ममा पर्न सकेमा मात्र उक्त अवसर प्राप्त हुने क्लवले जनाएको छ । कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्य धनञ्जय दवाडी, संविधानसभा सदस्य जमीन्द्रमान घले, जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डे लगायत पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, क्लबका पूर्व अध्यक्ष एवं नेपाली काँग्रेसका सभापति भेषबहादुर पौडेल लगायतले विजयीको शुभकामनासहित खेलाडीको विदाई गरेका थिए ।
