Fast Nepal News

देउवाको यो पो रहेछ खास दाबी

banner single news

काठमाडौं – फागुन १९

काठमाडौं, ‘म मेरै क्रेडिबिलिटी खत्तम पार्नेहरुसँग कसरी जान्छु ? हुँदैन, जान्नँ…’  स्वभावतः लाभका मामिलामा ‘चाहिएन’, ‘हुँदैन’, ‘पर्दैन’ नभन्ने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज एकाएक किन त्यसो भन्नेमा पुगे होलान् ?

११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभाको विघटन बदर गरेपछि नयाँ सरकार गठन, सत्ता समीकरणका अभ्यासलाई लिएर उनीसँग विभिन्न व्यक्ति, दल र समूहका परामर्श चलिरहेका छन् । सत्तारुढ नेकपा विभाजित भइरहेको स्थितिमा देउवामाथि आँखा लगाउने एउटा समूहसँग उनले भनेका छन्, माधव–प्रचण्डभन्दा मेरा लागि केपी ओली नै ठीक । यसो भन्नुका पछाडि तर्क छ– एमसिसीसँग जोडिएको । अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेञ्ज कोअपरेशन (एमसिसी)’ उहाँ प्रधानमन्त्री रहनुभएको बेला सम्झौता भएको तर संसदबाट अहिलेसम्म अलपत्र परेको विषयलाई अल्झाइदिएको प्रति उहाँको ठूलो चिन्ता रहेछ । ‘अन्तर्राष्ट्रिय जगतमा मेरो क्रेडिबिलिटी (विश्वसनीयता) बिगार्ने काम जसले गर्छ, त्यसलाई साथ दिन्नँ । त्यो सपार्ने काम प्रचण्डहरुबाट हुँदैन, ओलीबाटै हुन्छ,’ उनले नयाँ सत्तासमीकरणका विषयमा कुरा गर्न पुगेको एउटा राजनीतिक समूहसँग केही दिनअगाडि मात्रै यसो भनेका छन् ।

Inside Article Ads

नत्र, पाँचौं पटक प्रधानमन्त्रीजस्तो अफर पाउँदा शेरबहादुर ‘जान्नँ’, ‘खान्नँ’ भन्ने स्वभावको मान्छे नै होइन । तर, एमसिसी पारित नहुँदा उनको मन कति पोलेको रहेछ भन्ने यो अभिव्यक्तिले पनि जनाउँछ । तर जसलाई जे जवाफ दिए पनि अब सदनमा पेश हुने प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा आगामी प्रधानमन्त्रीका रुपमा वैकल्पिक नामचाहिँ शेरबहादुरको हुनैपर्छ । यदि उनले प्रधानमन्त्री बन्न माने भने पुरानो प्रस्तावमा उनकै नाम मुख्य बनेर जान्छ, नभए पनि वैकल्पिकमा त जान्छ–जान्छ । यदि, मुख्य व्यक्तिका रुपमा उनी अगाडि सारिए भने त अर्को प्रधानमन्त्रीको कल्पना नै हुँदैन ।

शेरबहादुर आफ्नो मूल सरोकार रहेको विषय (एमसिसी) का सन्दर्भमा नेकपाको दुबै समूहमध्ये जसले साथ दिन्छ, समर्थन पनि त्यसैलाई गर्ने, तर एमसिसी पारितको शर्त अगाडि राखेर त्यो प्रस्ताव सदनबाट पारित नहुँदासम्म सरकारमा सहभागी नहुने रणनीतिमा छन् भनिन्छ । त्यसक्रममा अहिलेसम्म उनले प्रचण्डहरुलाई विश्वास गरेका छैनन् । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.