Fast Nepal News

नेपाल शिक्षक संघ स्थानीय कार्य समिति क्व्होलासोथार गाउँपालिकाको पुनर्गठन कार्य सम्पन्न

banner single news

फागुन १६,बेसीशहर ।

सुमित्रा भुजेल

नेपाल शिक्षक संघ स्थानीय कार्य समिति क्व्होलासोथार गाउँपालिकाको पुनर्गठन कार्य सम्पन्न भएको छ । समितिको अध्यक्षमा कुल प्रसाद गुरुङ चयन हुनुभएको छ ।


समितिको उपाध्यक्षमा उपाध्यक्षमा रन माया गुरुङ र चन्द्रमान गुरुङ, सचिव दुर्गामाया गुरुङ, सचिव अर्थमा दुर्गामाया दुरा, सहसचिव बलराम गुरुङ र फुल कुमारी गुरुङ लगायतको २७ सदस्यीय कार्य समिति गठन गरिएको नेपाल शिक्षक संगठन लमजुङका अध्यक्ष शिवराज अधिकारीले बताउनुभयो ।

Inside Article Ads

उहाँका अनुसार तेस्रो स्थानीय प्रतिनिधि सभाको अवसरमा समिति पुर्नगठन गरिएको हो । सोही अवसरमा शिक्षक केयर सिंह गुरुङ, रविन्द्र कुमार यादव, राजेश प्रसाद चौरासिया अन्य पार्टी परित्याग गरी शिक्षक संगठनमा प्रवेश गर्नुभएको छ । उहाँहरुलाई संगठनका अध्यक्ष अधिकारीले सदस्यता प्रदान गर्नुभएको हो ।

कार्यक्रममा नेपाली कंग्रेश जिल्ला सभापति भेष बहादुर पौडेलको प्रमुख आतिथ्य रहेको थियो ।कार्यक्रममा नेपाल शिक्षक संघ जिल्ला कार्य समिति अध्यक्ष शिवराज अधिकारी लगायत स्थानीय शिक्षक नेताहरु एवम पार्टी कार्यकर्ता उपस्थितिमा रहेको थियो । कार्यक्रम क्व्होलासोथार गाउँपालिका वडा नं ८ घाम्राङको सूर्यदय माध्यमिक विद्यालयमा गरिएको हो ।

अध्यक्ष अधिकारीका अनुसार तेस्रो स्थानीय प्रतिनिधि सभाले सदस्यको प्रमाणीकरण सदस्यहरुका समस्या र अािर्थक कार्यक्रमका विचमा समिरुक्षा गर्ने आगमी कार्यक्रम र रणनिति तर्जुमा गर्ने उदेश्यका साथ कार्यक्रम गरिएको हो । नेपाल शिक्षक संघले ८ वटै स्थनीय तहमा आफ्नो प्रतिनिधि सभा गरिसकेको अधिकारीले बताउनुभयो साथै आगामी फागुन २२ गते शनिवार जिल्ला तेस्रो स्थानीय प्रतिनिधि सभा बेसीशहरमा गर्ने कार्यक्रम रहेको उहाँले जानकारी गराउनुभयो ।

Visited 34 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.