Fast Nepal News

न्यौपानेको अगुवाइमा ट्राफिक सचेतना कार्यक्रम अत्यन्तै उत्साहजनक सम्पन्न

banner single news

 

काठमाडौं । सामुदायिक सेवा केन्द्र टुँडालदेवीका प्रमुख रामप्रसाद न्यौपानेले ट्राफिक सचेतना कार्यक्रम अत्यन्तै उत्साहजनक रहेको बताएका छन् । यात्रुको बढी भीँडभाड हुने ठाउँलाई आधार मानेर गरिएको ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम आज सकिएको पनि प्रमुख न्यौपानेले बताए । सेवा केन्द्रले सामाजिक सेवालाई प्राथमिकता दिदै आएको परिप्रेक्ष्यमा सडक सुरक्षा व्यवस्थापनमा राज्यसँग हातेमालो गर्न पाउँदा सामाजिक जिम्मेवारी बढेको अनुभुती भएको उनले बताए ।

सहज र सुरक्षित आवागमन गर्ने लक्ष्य सहित ट्राफिक स्वयंसेवक सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले बालुवाटार चोकमा बिहान ९ देखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म पैदलयात्रु र सवारी साधनलाई सहजीकरण गरेको थियो । महानगरिय ट्राफिक महाशाखाको सो अभियानमा सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष न्यौपाने सडकमा स्वयम् खटिएका थिए । ‘यो अभियान प्रभावकारी रहनुका साथै सफल भएको छ, समाजलाई योगदान पुर्याउ भनेर हामी पनि लागेका हौं’ उनले भने ‘ट्राफिक सचेतनासँगै सडक सुरक्षा बारे ज्ञान बाँड्ने कार्य अत्यन्तै उत्साहजनक रहयो ।’

Inside Article Ads

सो क्षेत्रमा स्वयंसेवक परिचालन कार्यक्रममा अध्यक्ष न्याैपानेको अगुवाइमा समाजसेवी राजेन्द्रमान जोशी,शर्मिला खनाल, साबित्री खनाल, सामुदायिक प्रहरी सेवा केन्द्रका ईन्चार्ज कल्पना थापा (धमला), डम्बर शाही साथै सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु तथा स्वयमंसेवकहरुको उपस्थिति रहेको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकास्थित सामुदायिक सेवा केन्द्रको सहकार्यमा संचालन गरेको ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम आजसम्म जारी थियो । महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त,दुरूस्त तथा सहज बनाउने उद्देश्यका साथ उपत्यकास्थित सामुदायिक सेवा केन्द्रको सहकार्यमा सहकार्यमा १० दिनसम्म ट्राफिक स्वयंसेवक परिचालन गरेको थियो ।

Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.