Fast Nepal News

ओलीले आज नेकपाको स्थायी समिति बैठक बोलाए

banner single news

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेकपाको स्थायी समिति बैठक बोलाएका छन्। ओलीले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएका हुन्।

सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएपछि उत्पन्न राजनीतिक घटनाक्रमबारे छलफलका लागि ओलीले स्थायी समितिको बैठक बोलाएको जानकारी दिएकाे छ।

Inside Article Ads

पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन भई निर्वाचनमा जाने निर्णय भएको थियो। उक्त सरकारी निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएको छ।

Visited 34 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.