
अनिसा सिग्देल / प्रकास कपाली काठमाडौँ र पनौतीका नेवार समुदायले जेष्ठ शुक्ल पूर्णिमाका दिनमा शिवका कान्छा छोरा वर्षाको देवता कुमारको जन्मदिनकाे उपलक्ष्यमा मन्दिरमा पूजाआजा गरिन्छ । जुन दिनलाई काठमाडौं र पनौतीका नेवार समुदायले शिक्षण कथालाई सिठी र नख लाई वर्षायामको सुरुवातको चरण भएकाले स्वागत गर्दै कृषि पेशामा अघि बढ्ने बाटो तयार गर्ने पर्वको रुपमा सिठी नखः मनाउने गरेको नेवार समुदायका अगुवाहरूले व्यक्त गर्दछन्। जेठको समयमा खडेरी पर्ने भएकाले जेष्ठ शुक्ल पक्ष का दिन मनाईने सिठी नखः केवल धार्मिक रुपले मात्र यसको विशेषता नभई विभिन्न कारणहरु रहिआएको भनाई रहेको छ। असार महिनामा पानी पर्दा पानीका मुहानहरु फोहोर हुने भएकाले खडेरीको समयमा इनार, पधेरो, ढुङ्गेधारा सफा गर्नुपर्ने तर्क नेवार समुदायका व्यक्तिहरु गर्दछन् । यसैगरी यस दिनमा धर्ती माताको पुजा गर्दै सबै प्राणीको भगवानले कल्याण गरुन भन्ने उद्देश्यले भगवान कुमार को पूजा गरि विभिन्न दालबाट बनाएका रोटी चढाएर 5 रोटी मासको रोटी खाने प्रचलन छ। यसरी सरसफाई कार्यक्रम गरी मासको रोटी खानाले शरीरमा बल प्राप्त हुन्छ भनी नेवार समुदायका व्यक्तिहरु तर्क गर्दछन्।



यस पर्वलाई नेवार समुदायका व्यक्तिहरुले मनोरञ्जनका रुपमा मात्र नलिई प्रकृति र मानव बिचको निकटता कति छ भन्ने विषयमा आधारित रही आएको वताईन्छ । पानीको स्रोतको संरक्षण र सरसफाइ, धर्तीको सम्मानले मानिसलाई प्राकृतिक प्रति कृतज्ञता व्यक्त गर्न सिकाएको कुरा इन्द्रायणी राजगुठीको गुठियार माेहन डंगोलले बताउनुभयो। जुन कुरा मानवको जीवन, स्वास्थ, प्रकृतिक विषयसँग सम्बन्धित भएकोले याे कुनै न कुनै विज्ञानका विषयसँग अन्तर सम्बन्धित रहेको कुरालाई डंगोलले बताउनुभयो। त्यसैले नेवार समुदायका व्यक्तिहरुले कुनै न कुनै धार्मिक र प्राकृतिक संग सम्बन्धित रहेको चाडपर्व मान्दै आएको र यसको छुट्टै विशेषता र महत्व भएको सिठी नख सग आधारित विषयवस्तुलाई डंगोलले प्रष्ट पार्नुभयो।
