Fast Nepal News

सेन्ट जर्ज स्कूलले सरस्वती पूजा को दिन ‘अक्षरारम्भ’ कार्यक्रम आयोजना काठमाडौं ।

banner single news

काठमाडौं महानगरपालिका वडा नम्वर ५, हाँडीगाउँ, बिशालनगरमा रहेको सेन्ट जर्ज स्कूलले सरस्वती पूजा (वसन्तपञ्चमी) को दिन ‘अक्षरारम्भ’ कार्यक्रम गर्न लागेकोले सबैलाई उपस्थितिको लागि अनुरोध गरेको छ ।

वसन्तपञ्चमीका दिन सरस्वती पूजाको अवसरमा नव आगन्तुक बालबालिकाहरुको लागि अक्षरारम्भ कार्यक्रम आयोजना गरिने स्कूलले जनाएको छ ।

हरेक वर्ष सरस्वती पूजाको अवसरमा बिहान विद्यार्थीहरुका लागि विद्याको देवी सरस्वतीको पूजाको कार्यक्रम आयोजना गर्दै आइरहेको कुरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले बताउनु भयो । यस वर्ष पनि नवआगन्तुक स–साना नानीबाबुहरुका लागि फाल्गुन ४ गते बिहानदेखि दिनभर नै अक्षरारम्भ कार्यक्रम राखेको कुरा विद्यालयका प्रिन्सिपल मेघराज बजगाईंले बताउनु भयो । प्ले ग्रुपदेखि कक्षा १० सम्म अध्ययन हुने सेन्ट जर्ज स्कूलमा सरस्वती पूजाको अवसरमा एक हप्तासम्म नयाँ भर्ना हुने विद्यार्थीहरुलाई विशेष छुट सहित विभिन्न सुविधा प्रदान गरिने व्यवस्था रहेको प्रिन्सिपल बजगाईंले भन्नुहुन्छ ।

Inside Article Ads

यस्ता छन् विद्यालयका विषेशताहरु :

हरेक वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ।
शान्त रमणीय वातावरण ।
दक्ष तथा अनुभवी शिक्षक / शिक्षिका भएको ।
संथापकहरु आफैंको प्रत्यक्ष निरीक्षण भएको ।
बालबालिकाको चौतर्फी विकासमा ध्यान दिइने ।
गर र सिक भन्ने बिधिलाई अपनाई अध्यापन गराइने ।
खेलकुद र अन्य अतिरिक्त क्रियाकलापलाई पनि विशेष स्थान दिइने ।
शुल्कमा शुलभ ।
गरिब, बिपन्न तथा आवश्यकता भएकालाई विशेष छात्रवृत्ति प्रदान गरिने
समय अनुसार अबलोकन भ्रमण, पिक्निक तथा अन्य कार्यक्रममा सहभागिता गराइने ।
घरायसी वातावरण दिइने।
अभिभावकको सल्लाहलाई प्रमुख सुझाबका रुपमा लिइने ।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.