Fast Nepal News

भारतमा एकैदिनमा १० लाखभन्दा बढी पीसीआर परीक्षण

banner single news

काठमाडौं– कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको भारतमा एकै दिनमा १० लाखभन्दा बढीको पीसीआर परीक्षण भएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ यति ठूलो संख्यामा कोरोना परीक्षण भएको हो।
कोरोनाबाट अति प्रभावित देशको सूचीमा रहेको भारतमा दैनिक संक्रमण र मृत्यु दुवै बढ्दो छ।
भारतमा संक्रमितको संख्या ३० लाख पुग्दै गर्दा मृत्यु हुनेको संख्या करिब ५६ हजार छ।
दैनिक लाखौंको संख्यामा पीसीआर टेस्ट हुँदा भारतमा ५० हजारभन्दा बढी संक्रमित थपिन्छन्। दैनिक १ हजारको हाराहारीमा मृत्यु भइरहेको छ।

Inside Article Ads
Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.