Fast Nepal News

महिला उद्यमीहरुका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन चेम्बरले प्रोत्साहन गर्छ : चेम्बर अध्यक्ष श्रेष्ठ

banner single news

 

चरिकोट- नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिला उद्यमीहरुका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन चेम्बरले प्रोत्साहन गर्ने बताएका छन् । दोलखा चेम्बर अफ कमर्सको दोश्रो वार्षिक साधारणसभा माझ उनले सो कुरा राखेका हुन । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल तथा भिमसेन नगरपालिकाका प्रमुख भरत बहादुर केसीको बिशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रमलाई प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्ने क्रममा चेम्वर अध्यक्ष श्रेष्ठले पर्यटनको प्रचुर सम्भावना बोकेको दोलखा जिल्लाका बारेमा प्रचार प्रसार र ठुला होटलहरुको आवश्यकता रहेको समेत औल्याएका छन् । साथै उनले चीनको नाकालाई ब्यवस्थित बनाई ब्यापार प्रवद्र्धन गर्नुपर्ने, भुकम्पबाट भएको क्षतीबाट शिक्षालिई प्रतिरोधात्मक तवरले घरहरु बनाउनुपर्ने बताए ।

कार्यक्रममा अतिथिको आसनबाट बोल्दै दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद सिवाकोटीले चरिकोट बजारमा फुटपाथ ब्यापारलाई ब्यवस्थित बनाउन र बजार अनुगमनका क्रममा म्याद नाघेका सरसमानसँगै कारवाहिको दायरामा ल्याउदा भरखर केहि दिन अगाडी मात्र ल्याईएको पाईने हुदा चेम्बरले यस सम्बन्धमा पहल गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै मेयर केसीले ब्यावसायीहरुको हितका लागि नगरपालिका सदैब तयार रहेको र न्युनतम करको दायरामा सबै ब्यावसायी आउनुपर्ने उल्लेख गरे।

Inside Article Ads

त्यसै गरी नेपाली कांग्रेस जिल्ला सचिव बालकृष्ण आचार्य र राप्रपा जिल्ला अध्यक्ष राजन बहादुर सिवाकोटीले दोलखामा चेम्बरको भुमिका अझ फराकिलो हुदै जानुपर्ने औल्याए ।

दोलखा चेम्बरका अध्यक्ष विष्णु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव पाण्डब सिंह पाण्डेले बार्षिक प्रतिवेदन पेश गर्नु गरेका थिए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका सदस्यहरु क्रमसः सन्तोष पाण्डे, दिपककाजी तुलाधर ,निरज राई र राम श्रेष्ठ, जिल्ला स्थित सुरक्षा निकाय तथा सरकारी कार्यालयका प्रमुखहरु, ब्यावसायीहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा ब्यावसायीहरुको हक हितमा आवाज उठाउने चार जना पत्रकार, किवी खेतीमा सफल उद्यमी एक जना र पोल्ट्री क्षेत्रमा सफल महिला उद्यमी एक जनालाई सम्मान गरिएको थियो । साधारण सभाले एक्काईस सदस्यिय कार्यसमितिलाई पुर्णता समेत दिएको छ ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.