Fast Nepal News

प्रचण्डले भने संविधान मिचेर गरिने चुनाव अवैधानिक हुन्छ

banner single news

काठमाडौं,२३ माघ । नेपाल कम्युनिष्ट पार्ट (नेकपा) प्रचण्ड(माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मिचेर गरिने चुनाव अवैधानिक हुने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेर वैशाख १७ र २७ मा मध्यावधि चुनाव घोषणा गरेका छन् । यो असंवैधानिक भएको भन्दै परेको १३ वटा रिटमा सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ । साथै नेपाली कांग्रेस, प्रचण्ड(माधव समूह, जनता समाजवादी पार्टी लगायतका राजनीतिक दल आन्दोलनमा छन् भने नागरिक समाज पनि सडकमा छ ।

शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले कसैलाई सेटिङ अनुसार खुरुखुरु फैसला हुन्छ र जनताले मान्छन् भन्ने लागेको छ भने त्यो भ्रम मात्र हुने बताए । ‘हामीले बुझेको के हो भने संविधान मिचिएको छ, लोकतन्त्रको हत्या गर्ने प्रयास भएको छ । त्यसलाई करेक्सन गर्ने हो’ उनले भने, ‘संविधान मिचिएको मिचिएकै गरेर चुनाव गरियो भने त्यो चुनाव असंवैधानिक हुन्छ, अबैधानिक हुन्छ । यसले समस्याको हल गर्दैन ।’

Inside Article Ads

उनले अघि भने, असंवैधानिक र अलोकतान्त्रिक कदम हुने, अनि त्यसैले गरेको चुनाव बैधानिक हुन्छ रु नेपाली जनताले खुरुखुरु मान्छ रु मान्दैन ।’

यद्यपि सर्वोच्च अदालतले संविधान अनुसार नै फैसला गर्छ भन्ने आफूहरुलाई विश्वास रहेको उनले बताए । गरेन भने के हुन्छ रु भन्ने प्रश्नमा प्रचण्डले अघि भने, ‘त्यो बेला कयामत हुन्छ भनेको छु । बाँकी त्यतिबेला नै भनौंला । तर जे हुन्छ राम्रो हुँदैन ।’साभार–अनलाईन खबर

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.