
काठमाडौं ,२२ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको निर्णय नसच्चिए ठूलो जनआन्दोलन हुने बताएका छन्। बिहीबार गरिएको आमहडतालका लागि सातदोबाटोको सडकमा निस्किएका अध्यक्ष दाहालले सञ्चारकर्मीसँगको कुराकानीमा फागुन पहिलो साता सबै पक्षसँग मिलेर ठूलो आन्दोलन घोषणा गर्ने तयारी गरिएको बताए।
हाम्रो माघ २८ गतेको विशाल जनसभाको कार्यक्रम पनि यथावत छ। हामी नागरिक समाजसहित सडकमा आएका अन्य राजनीतिक दलसँग निरन्तर छलफलम छौ । त्यसपछि केपीको आयु सकिन्छ’, दाहालले भने,’यदि केपीले पश्चात्ताप नगरेर पछि नहट्ने हो भने अहिलेसम्मकै ठूलो जनाअन्दोलन हुन्छ।’
बुधबार सरकारले गरेको संवैधानिक नियुक्तिको विरोधमा प्रचण्ड-नेपाल समूहले हिजो अपराह्न आमहडतालको घोषणा गरेको थियो।
