Fast Nepal News

भान्सामा नुन र आयोडिन प्रयोग बढी

banner single news

काठमाडौं – माघ २०

काठमाडौं, नुन र आयोडिन शरीरका लागि अत्यावश्यक सूक्ष्म पोषक तत्व हुन्। यी तत्वबिना शरीरको सन्तुलनमा समस्या आउँछ। तर नेपालमा यी दुवै तत्वको प्रयोगमा असन्तुलन भइरहेको अध्ययन तथा सरोकारावालाले औंल्याएका छन्। आयोडिन सचेतना अभियान महिनाका अवसरमा परिवार कल्याण महाशाखाले सोमबार सञ्चारकर्मीमाझ यस्तो जानकारी दिएको हो।

विश्वभरि फेब्रुअरीलाई आयोडिनको कमीले हुने समस्याबारे सचेतना महिनाका रूपमा मनाइँदैछ। यो वर्ष नेपालले पनि फेब्रुअरीलाई ‘नुन थोरै खाऔं तर सही मात्रामा खाऔं, सही मात्रामा बालबालिका चिन्ह भएको पाकेटको नुन मात्र खाऔं’ भन्ने नाराका साथ आयोडिन सचेतना महिनाका रूपमा मनाउँदैछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै गरेको नसर्ने रोगको जोखिम हेर्ने स्टेप सर्वेक्षण २०१९ का अनुसार नेपालीहरूले औसतमा प्रतिदिन ९।१ ग्राम नुनको खपत गरिरहेका छन्। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक वयस्क व्यक्तिले दैनिक ५ ग्राम नुन मात्र प्रयोग गर्नु उचित मानिन्छ। नुन बढी खानाले नसर्ने रोगको जोखिम बढिरहेको अध्ययनले औंल्याएको छ। नुन बढी प्रयोग हुँदा आयोडिनको मात्रा पनि बढी प्रयोग भएको पाइएको छ।

Inside Article Ads

सामान्यतया एक स्वस्थ व्यक्तिलाई दैनिक १ सय ५० माइक्रोग्राम आयोडिनको आवश्यकता पर्छ। नेपालमा ६७ प्रतिशतले ४० देखि ४८ प्रतिशत पिपिएम आयोडिन बढी खाइरहेको तथ्यांकले औंल्याएको छ।

मापदण्डअनुसार ५९ महिनाभित्रका बालबालिकालाई ९० माइक्रोग्राम, ६ देखि १२ वर्षभित्रका बालबालिकालाई १ सय २० माइक्रोग्राम, वयस्कलाई २ सय ५० माइक्रोग्राम आयोडिनको मात्रा आवश्यक पर्छ।

तथ्यांकअनुसार नेपालमा ९० प्रतिशत घरपरिवारले आयोडिनयुक्त नुनको प्रयोग गरिरहेका छन्। सन् २०१६ मा नेपाल नेसनल माइक्रोन्युट्रिन्ट स्टाटस सर्वेक्षणअनुसार नेपालमा उपयुक्त मात्रामा आयोडिन खपत गरिरहेको जनाएको छ। नागरिक दैनिकबाट

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.