
काठमाडौं, माघ २०- उपत्यकामा बर्डफ्लुको संक्रमण भेटिएपछि उपभोक्तामा त्रास फैलिँदा कुखुराको मासु खपत घटेको हो । राजधानीमा किसानले पालेका टर्की र हाँसमा बर्डफ्लु भेटिएको शनिबार सार्वजनिक भएसँगै मासु बिक्री घटेको हो ।
बर्डफ्लु भेटिएको हल्लापछि मासु बिक्री कम भएको काठमाडौँको बनस्थलीमा मासु पसल गर्दै आएका राजन श्रेष्ठले बताए ।‘नियमितभन्दा आइतबार करिब २० प्रतिशत कम मासु बिक्री भएको छ’, श्रेष्ठले भने, ‘बर्डफ्लु भेटिएको हल्लाले उपभोक्ता डराए ।’ यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।
