Fast Nepal News

नेपालमै हाइड्रोजन इन्धन

banner single news

काठमाडौं – माघ १९

काठमाडौं, खेर गइरहेको बिजुली प्रयोग गरी नेपालमा पनि ‘हाइड्रोजन इन्धन’ उत्पादन हुने भएको छ। नेपालीका लागि यो इन्धन नौलो भए पनि विकसित मुलुकमा भने यसलाई तीन प्रकारले प्रयोगमा ल्याइएको पाइन्छ।

नेपाल आयल निगम र काठमाडौं विश्वविद्यालय (केयू)को सहकार्यमा नेपालमा हाइड्रोजन इन्धन उत्पादन गर्ने कार्य सुरु भएको छ। यो विषयमा निगम र केयूबीच इन्धन र ऊर्जा क्षेत्रमा सहकार्य गरी काम गर्ने भनेर हालै द्विपक्षीय सम्झौता भएको छ।

सम्झौतापत्रमा केयूका तर्फबाट स्कुल अफ इन्जिनियरिङका डिन डा। डम्बरबहादुर नेपाली र निगमका तर्फबाट निर्देशक दीपक बरालले हस्ताक्षर गरेका छन्। निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार यो सम्झौतापछि निगमले नेपालमै हाइड्रोजन इन्धन उत्पादन गरी निर्यात गर्नेसम्मको योजना बनाएको छ। हालसम्म निगमले भारतबाट इन्धन खरिद गरी स्वदेशी बजारमा बिक्री गर्दै आएको छ।

Inside Article Ads

‘विद्युत्बाट इन्धन उत्पादन गर्ने प्रविधिको विकासमा निगम र केयूबीच भएको द्विपक्षीय सम्झौता कोशेढुंगा साबित हुन्छ’, पौडेलले भने। उनका अनुसार माथिल्लो तामाकोसीलगायत जलविद्युत् परियोजनाबाट उत्पादन भएर खेर जाने विद्युत् प्रयोग गरी हाइड्रोजन इन्धन तयार पार्ने योजनालाई मूर्तरूप दिन लागिएको छ। नेपाल विद्युत् प्राधिकरणले यो वर्ष ५३ मेगावाटदेखि ८ सय ४० मेगावाटसम्म बिजुली खेर जाने प्रक्षेपण गरेको छ।

बिजुली खपत गराउने ठाउँ नभएकाले खेर जाने निचोड प्राधिकरणले निकालेको छ। प्राधिकरणले यो आर्थिक वर्षमा थप ८ सय २५ मेगावाट बिजुली उत्पादन हुने तथ्यांकलाई आधार बनाएर यस्तो प्रक्षेपण गरेको हो। नेपालको विद्युत् प्रणालीमा वर्षायाममा उत्पादन धेरै हुने तर खपत थोरै हुनुका साथै निर्यातसमेत हुन नसक्दा यो परिमाणको बिजुली खेर जाने सम्भावना छ। अन्नपूर्ण पोस्ट् दैनिकबाट

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.