Fast Nepal News

प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

banner single news

काठमाडाैं, १९ माघ –नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।

अधिवक्ता समीर हायुले आइतबार अध्यक्ष प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दामा निवेदन दाएर गरेको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जनाकारी दिए। पौडेलका अनुसार निवेदन हिजै दर्ता भएको र भोलिका लागि पेसी तोकिएको छ।

प्रतिनिधि सभा विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई गम्भीर रूपमा प्रभावित पार्ने कार्य भएको र स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यता र संवैधानिक एवं कानुनी व्यवस्था प्रतिकूल भएको भन्दै अदालतको अवहेलना मुद्दा दायर गर्नुपरेको निवेदनमा उल्लेख गरिएको छ।

Inside Article Ads

यस्तै, प्रचण्डले धम्कीपूर्ण भाषा प्रयोग गरी अदालतलाई गम्भीर रूपमा त्रसित, प्रभावित गरेको र जनतालाई अदालतको काम कारबाहीसँगै स्वेच्छताको विषयमा गम्भीर भ्रम सृजना गरेको तथा नेपालको संविधान र कानुनले व्यवस्था गरेको, मान्यता प्रदान गरेका संवैधानिक सर्वोच्चता, विधिको शासन, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको मान्यता भन्दा विपरित रहेको पनि रिट निवेदनमा उल्लेख छ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.